रुकुम । रुकुममा १२ किलोग्राम चरेस सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी नलगाड नगरपालिका १३ ठाटीगुरता जाजरकोट बस्ने ४२ वर्षका धनबहादुर मल्ल र सोही नगरपालिका वडा नं. १२ का ३० वर्षिय चन्द्रबहादुर शाही पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ७ किलोग्राम चरेस र ५ किलोग्राम अफीम गरी जम्मा १२ किलोग्राम लागु पदार्थ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताए । उनले भने, ‘पक्राउ परेका अभियुक्तको साथबाट नगद रु. ५० हजार रुपैयाँ र स्प्रिङ तराजु २ थान समेत बरामद भएको छ ।’ लागु औषध चरेस तथा अफिम खरिद विक्री गरी ओसार पसार गरिरहेको गोप्य सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरु आठविसकोट नगरपालिका ४ मा पर्ने अनाहा ज्यूलामा गस्तीमा खटीएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । उनीहरु जाजरकोटबाट डोल्पातर्फ लैजादै गरेका थिए ।
पछिल्लो समय रुकुम प्रहरी अपराध न्यूनीकरणमा सक्रीय भएको छ । यसअघि पनि जिल्ला प्रहरीले १७ किलोग्राम चरेस सहित एक जना पक्राउ गरेको थियो । अझै पनि रुकुम र जागरकोटका ग्रामिन क्षेत्रहरुमा आगुऔषध चरस, गाँजा र अफिम लगायतका लागुपर्दाथको खेती गरेको सूचना आएको हुँदा यसको न्यूनीकरणको लागि गाउँ गाउँमा प्रहरी सक्रीयता बढाएको जनाएको छ ।
७ जना जुवाडे पक्राउ
रुकुम पश्चिममा ७ जना जुवाडे पक्राउ परेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १ सल्ले स्थित विरबल वुढाको घरमा लुकीछिपि खेलीरहेको अवस्थामा ७ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पुथा उत्तरगंगा गाउँपालिका ५ हुकामका ३५ वर्षका दिनेश घर्ति, वडा नं. १२ कोलका ४० वर्षका पञ्चबहादुर पुन पक्राउ परेका छन् । त्यस्तै मुसीकोट नगरपालिका १ का सन्तोष पुन, सन्दिप पुन, ताराबहादुर पुन, लगायतका पक्राउ परेका हुन् । उनीहरुको साथबाट १४ हजार २ सय ५५ रुपैयाँ बरामत गरिएको छ ।