arrow

न्यायाधीश घुसकाण्डमा छानबिन समिति गठन

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
Corruption.jpeg

काठमाडौँ । न्यायपरिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँले रु ५ लाख घुस लिएको भन्ने आरोपमा छानबिन गर्न एक छानबिन समिति गठन गरेको छ । 

परिषद्को बिहीबारको बैठकले न्यायाधीश बानियाँले घुस लिएको विषयमा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको न्यायपरिषदले जनाएको छ ।

सो अदालतका नासु भोलानाथ चालिसेलाई गत माघ १७ गते रु पाँच लाख घुससहित अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । 

अख्तियारले चालिसेसँग लिएको बयानपछि परिषद्ले बयान र अन्य प्रमाणका आधारमा न्यायाधीश बानियाँको संलग्नता हुनसक्ने आशङ्कामा सो छानबिन समिति बनाएको हो । 

घुस काण्डमा न्यायाधीश बानियाँ मुछिएपछि थप अध्ययनका लागि परिषद्ले गत माघ २५ गते काजमा परिषद्मा सरुवा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ