शौचालयमा रकम लिँदै गर्दा प्रशासन कार्यालयका अधिकृत पक्राउ
प्रकाशित २०७५ फागुन २ बिहिबार
324
Shares
भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृतलाई बिहिबार घुससहित पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठलाई नगद रु २५ हजार घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको हो ।
श्रेष्ठलाई प्रशासन अगाडिको होटल स्वीट होमको शौचालयमा रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार टोलीले जानकारी दिएको छ ।
जग्गा किनबेचका क्रममा बैना गरेको रु तीन लाख ५० हजार फिर्ता गर्न माग गर्दै प्रशासन कार्यालयमा दिएको उजुरीउपर कारवाही गर्नेक्रममा रकम फिर्ता गर्न रु २५ हजार रकम माग गरेपछि सोही रकम दिने क्रममा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।