सांसद पन्तको प्रश्न - दृटिविहिन महिला क्रिकेटको सफलतालाई नजरअन्दाज किन सरकार ?
प्रकाशित २०७५ फागुन २ बिहिबार
540
Shares
काठमाडौं । बर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलले मान्यता दिएको टी २० मा नेपाली दृटिविहिन महिला क्रिकेट टोलीले पाकिस्तानलाई ४-० ले हराए पनि सरकारले नजरअन्दाज गरेको भन्दै अपांगता कोटामा निर्वाचित सांसद प्रकाश पन्तले रोष प्रकट गरेका छन् ।
विश्वमा नै पहिलोपटक आयोजना भएको दृटिविहिन महिला क्रिकेट टी २० सिरिजमा भगवती भट्टराईले नेतृत्व गरेकी राष्ट्रिय दृष्टिविहिन क्रिकेट टोलीले आयोजक पाकिस्तानलाई ४-० ले हराएर अर्को ऐतिहासिक सफलता दिलाएको थियो । उनले राष्ट्रिय क्रिकेट टिमले युएई बिरुद्ध विजयी हुनेलाई नेपाल सरकारले जनही पाँच लाख दिने घोषणा गर्दा महिला दृटिविहिन क्रिकेट टिमलाई भने बिभेद गर्दै संबोधन समेत नगरेर अपमान गरेको राष्ट्रिय सभामा बताएका छन् ।
उनले भने, 'के दृष्टिविहिन र महिला खेलाडी भएकै कारण उनीहरुलाई विभेद गरिएको हो ? उनीहरुले राज्यबाट सो सरहको सम्मान कहिले पाउँछन् ?' नेपाल सरकार र सम्बन्धित मन्त्रालय निकायसँग जवाफ माग गरेका छन् ।
त्यसैगरी उनले हेमोफिलियाका विरामीलाई औषधिको अभावका कारण हेमोफिलिया रोगबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको बताउदै उनिहरुको राज्यले उपचार निःशुल्क उपलब्ध गराउन माग गरेका छन् । उनले यति जटिल बिरामीलाई समेत राज्यको तर्फबाट कुनै सेवा सुविधा नहुनु र औषधी उपचार नि:शुल्क नहुनु अत्यन्त ठूलो विडम्बना भएको बताए ।
उनले राष्ट्रिय सभामा प्रश्न राखे, 'यस रोगको उपचार सम्बन्धी यतिका व्यबस्था हुँदा पनि किन लागु नभएको हो ? हेमोफिलियाबाट ग्रसित भई अपांगता भएका व्यक्तिहरुको निःशुल्क उपचार कहिलेदेखि हुन्छ ? स्वास्थ्य मन्त्रालयले तयार गरेको जटिल रोगहरुको सुचीमा र नि:शुल्क प्राप्त हुने औषधीको सुचीमा हेमोफिलिया कहिले सुचीकृत हुन्छ ?' स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण सहित जवाफ माग गरेका छन् ।
साथै उनले अपांगता भएका व्यक्तिहरुले हालसम्म पनि सहज ढंगले अपांग परिचयपत्र प्राप्त गर्न नसकेकोले उक्त परिचयपत्र अपांगता भएका व्यक्तिले सहज रुपमा कहिलेदेखि पाउँछन् ? भन्ने प्रश्न गरेका छन् । साथै सबै स्थानीय तहबाट जारी हुने अपांगता परिचयपत्रमा एकरुपता कायम गर्न माग गरेका छन् ।