arrow

के भन्लान् ओलीले, वर्षदिनका उपलब्धि सार्वजनिक गर्दै, काम कम कुरा बढी

पानीजहाज कार्यालयको उद्घाटन

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
kp-sharma-oli.jpg

काठमाडौं । केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । गत वर्ष फागुन ३ मा उनले सपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए । 

उनले सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै छन् ।

ओलीले सिंहदरबारमा ग्यालरी बैठक अगाडि अपरान्ह ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने तयारी  रहेको जनाइएको छ । 

उनले त्यसअघि भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । 

ललितपुरको एकान्तकुनामा बिहान १० बजे कार्यालय उद्घाटनको कार्यक्रम रहेको छ । त्यस्तै सरकारले जनताको जलविद्युत आयोजना कार्यक्रम समेत घोषण गर्ने भएको छ ।

उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयले कार्यक्रमको घोषणा गर्ने भएको हो । बिहान १०ः३० बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओलीले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ ।

कुरा गरेरै नथाक्ने भए ओली
ओली कुरा गरेरै नथाक्ने भए । चिकित्सकले कम बोल्न र धेरै भन्दा धेरै आराम गर्न दिएको सल्लाहको बेवास्ता गर्दै उनी औषधिको डोजको भरमा कुँदिरहेका छन् । 

त्यसमथि पनि उनले गर्ने कुराहरुको एक वर्षको लेखाजोखा गर्ने हो भने कतिपय प्रतिवद्धता उनले हावामै उडाइरहेका छन् । 

‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ भनेर उनले सुरुको दिनदेखि भनिरहेका छन् । तर जो जे गर्दिन भन्छ त्यो नै बढी भएको त हैन भन्ने प्रश्न अहम् देखिएको छ । 

भ्रष्टाचार गर्दिन भन्ने सरकारका सरदारकै पालामा सबैभन्दा बढी भ्रष्टाचार हुनुले पनि पुष्टि गर्छ । भ्रष्टाचारीको अनुहार चिन्दिन भन्नुको मतलव पनि भ्रष्टाचारीहरु सबैलाई चिन्छु भनिएको हो कि भन्ने भनाइ समेत आजकल अधिकांश चोक र चियापसलहरुमा सुनिन थालेको छ । 

वाइडबडी विमान खरिद प्रकरणमा मन्त्रीलाई समेत कार्वाही गर्न सिफारिस भएपछि आत्तिएका ओलीले छुट्टै अनुसन्धानको कार्यदल बनाए । त्यो कार्यदलको समय पनि सकिएको छ । तर केही भएन । भ्रष्टाचार रोक्न भन्दा पनि अरु कसैले कार्वाही नगरोस् भनी छेक्नका लागि कार्यदल गठन गरेको जगजाहेर भयो । 

अझै पनि ओलीले भ्रष्टाचारमुक्त समाज मुलुकको कुरा गर्न छाडेका छैनन् । विदेशमा पुगेपछि त माइक पाउनासाथ नेपाल सदाचार, पारदर्शी र भ्रष्टाचारमुक्त देश भएको सगौरब भन्ने गरेका छन् । 

तर स्थिति दयनीय बन्दै जाँदा ओलीका भनाइहरु सबै हावादारी नै हुन् भन्नेमा दुईमत रहेन । उनले गरेका काम पनि त्यस्तै छन् । 

राप्रपा (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको भनाइलाई मान्ने हो भने केपी ओली एक सपना देखाउने मात्र मान्छेको नाम हो । पूरा गर्ने प्रधानमन्त्रीको नाम हैन । 

उनले चन्द्रमामा जानका लागि र रकेट प्रक्षेपण गर्नका लागि कार्यालय खोले भन्दैमा प्रत्याउने कुरा नभएको बताए । 

अर्थात् बिहीबारमात्रै उनले पानीजहाज कार्यालय खोल्दैछन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएर उनले कार्यकर्ता पोस्ने बाहेक अरु काम गर्ने छैनन् । जहाँ एउटा नयाँ कारखाना खुलेको छैन त्यहाँ कहाँको रोजगारी ? 

त्यतिमात्र हैन कृषिप्रधान मुलुक भनेर कृषिमै लगानी नगर्ने अनि बाँझो भयो कार्वाही गर्छु र बाँझो जमीन राखे तीन लाख रुपैयाँ कार्वाही गर्ने सरकारको योजना छ । 

बाँझो जमीनलाई उर्वरा बनाउन कुनै पहल नगर्ने सरकारले कुन हैसियतमा भन्दैछ कार्वाही गर्छु भनेर ? 

ओलीले दिएको जमीन हो र कार्वाही गर्नलाई ? अर्थात् योजना बिना कुँद्ने अनि जवरजस्ती जनतालाई त्रास देखाउने यो योजनाले कतै आफ्नो खुट्टामा ओलीले बन्चरो त हानिरहेका छैनन् ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ