दाउरा लिएर घर फर्कने क्रममा भीरबाट लडेर रुमाकान्तको मृत्यु
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ फागुन १ बुधबार
299
Shares
गुल्मी। जिल्लाको मालिका गाउँपालिका वडा नं. ६ अर्जैमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
मंगलबार दिउँसो दाउरा लिएर घर फर्कने क्रममा स्थानीय शीखर ठाटी भीरबाट करिब १ सय ५० मिटर तल खसी ७० वर्षीय रुमाकान्त ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिए ।
साथै पोस्ट माटम गरि शब आफन्तलाई बुझाईएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।