arrow

एकाएक सरकार नढल्ने कुरा किन निकाले ओलीले ?

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
kp-oli-lumbini.jpg

काठमाडौं। प्रचण्ड बहुतमतको धुरीमा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी सरकार नढल्ने विषयमा बोलेका छन्। नेपाल प्रहरीको १७८ औं दीक्षान्त समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले एकाएक पुराना सरकारको कार्यकाल सम्झिँदै सरकार नढल्ने जिकिर गरेका हुन्।

घुमाउरो पारामा नेत्रविक्रम चन्द विप्लबको पार्टीप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले म अर्को कुरा पनि भन्छु भन्दै प्रसंग जोडे, “कतिपयलाई बानी बिग्रेको छ, नौ नौ महिनामा सरकार परिवर्तन हुन्छ, अहिलेको प्रधानमन्त्रीले भन्दैगर्छ, अलि पछाडी यो हटिहाल्छ भन्ने परेको होला।

यो प्रधानमन्त्री हट्नुभन्दा अगाडी यस देशमा धेरै कुरा थितिमा ल्याइसक्छ। अहिले बहुमतको सरकार छ ढल्नेवाला छैन”।  प्रधानमन्त्री ओलीले सरकार ढल्ने नढल्ने प्रसंग निकाल्नु अर्थपूर्ण छ। पछिल्लो समय नेकपाभित्र मच्चिएको हुँडलोले आम नागरिक र पार्टीभित्र समेत वर्तमान सरकारको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला ओलीको यो बोली आएको हो।

शक्तिका भोका प्रचण्डले पार्टी अलग्याउँदै नयाँ राजनीतिक समिकरणसम्मको चर्चा चलिरहेका बेला प्रधामन्त्री ओलीले, पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरु मनमोहन अधिकारी, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र बाबुराम भट्टराईसम्मका सरकारले अल्पायुमै बिदा ललिनु परेको स्मरण गरेका हुन्। तर उनले आफुसँग बहुमत रहेको स्मरण गराउँदै आफैंलाई सरकार नढल्ने ढाडस दिए। 

राजनीतिमा जे पनि हुन सक्छ भन्ने यथार्थको झिल्को प्रदर्शन गरेका ओलीले, आफु बाहिरिनुअघि नै मुलुकमा धेरै कुराको थिति बसाल्ने दाबी पनि गरे। भ्रष्टाचार, अनियमिता, खुसखोरी, महंगी, सिण्डिकेट लगायका क्षेत्रमा वर्षदिन सिन्को भाँच्न नसकेका ओलीले थिति वसाल्ने कुरा गरिरहँदा प्रहरी अधिकृत र पदाधिकारीहरु भने हल्का मुस्कुराएका देखिन्थे।

विप्लवप्रति आक्रामक : 
प्रधानमन्त्री केपी ओलीको भाषा र हाउभाउ हेर्दा अब वर्तमान सरकार नेत्रविक्रम चन्द विप्लवको नेकपाप्रति आक्रामक बन्ने संकेत देखिएको छ। ओलीले समाजलाई अपराधिकरण हुनबाट रोकिने भन्दै अब अपराधको राजनीतिकरण् मान्य हुन सक्दैन भने। “बम पड्काउने मान्छे मार्ने, चन्दाका नाउँमा लुटपाट मच्चाउने, त्रासको वातावरण सिर्जना गर्ने आतंककारी क्रियाकलापलाई राजनीतिको खोल ओढाएर उम्किने हुन सक्दैन। राजनीतिकको अपराधिकरण र अपराधको राजनीतिकरण यो दुईटै कुरालाई अब सरकारले मान्दैन”, उनले भने। 

राष्ट्रपतिमाथि प्रहारको खण्डन :
१८ करोडको गाडी र प्रहरी एकेडेमी मासेर हेलिप्याण्ड निर्माको विषयलाई लिएर राष्ट्रपतिको आलोचना हुँदै आएको छ। संसद बैठकमै राष्ट्रपतिप्रतिको आलोचाना र टिप्पणी गर्ने गतिविधि लोकतन्त्रमाथिकै आक्रमण हो भन्न पछि नपरेका प्रधानमन्त्री ओलीले ओलीले मंगलबार पनि यो विषयमा बोलो।

उनले, महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र पनौती सार्ने विषयलाई लिएर राष्ट्रपतिमाथि निरन्तर प्रहार भएको भन्दै आपत्ति जनाए। “हल्ला गर्न रुचाउनेहरुले आफूलाई खुब सेलेब्रिटी देखाउनका लागि अनुचित खालका टिप्पणी गरे, मानिलिउँ सम्माननीय राष्ट्रपतिज्यूले लखेट्न खोज्या हो कि जस्तो गरेर पनि कुरा गरे, छिमेकी पिरेको भन्ने जस्ता कुरा पनि गरे, असभ्यता पनि जनाए” भन्दै कटाक्ष ओलीले सरकार यस्ता कुराको वास्ता गर्दैन, देशका लागि जनताका लागि जे गर्न पर्छ त्यसमा दृढ छ भने।

समारोहमा, प्रहरी निरीक्षकको आधारभूत तालिम पुरा गरेका १२ महिला र ८३ पुरुषको पद तथा गोपनीयताको सपथ भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ