arrow

वैदेशिक रोजगारीबाट फर्कनेको घरायसी सामानमा रोक लगाएकोमा नेविसंघ रुष्ट, बुझायो ज्ञापनपत्र

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
jhapa-nsu.jpg

झापा । वैदेशिक रोजगारीबाट स्वदेश फकिँदा ल्याउने विभिन्न घरायसी सामग्रीहरुलाई विमानस्थलबाट सहज रुपमा पास हुन पाउनुपर्ने माग राख्दै नेपाल विद्याथी संघ झापाले प्रधानमन्त्री समक्ष जिल्ला प्रशासन कार्यालय झापा मार्फत मंगलबार ज्ञापनपत्र बुझाइएको छ ।

देशको आर्थिक मेरुदण्डका रुपमा रहेका दाजु, भाइ, दिदी, बहिनीहरु वैदेशिक रोजगारीबाट स्वदेश फर्किदा ल्याएका घरायसी सामग्रीहरु माथि त्रिभुवन विमानस्थलमा ती सामानमाथी बन्देज लगाउनु अमानवीय व्यवहार भएको भन्दै ज्ञापनपत्र बुझाइएको नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताएका छन् ।

नेविसंघ झापा जिल्ला सदस्य गोकुल पौडेलले भने, 'विभिन्न समयमा देश विकासका लागि आर्थिक सहयोग गर्ने तथा अन्य विभिन्न सेवाका लागि हरदम तयार रहने वैदेशिक रोजगारमा गएका युवाहरुले सहज रुपमा आफ्नो पारिवारिक सामान ल्याउन पाउनुपर्ने कुरा लेखिएको ज्ञापनपत्र बुझाएका हौँ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ