arrow

बलबहादुरको कच्ची घरमा आगालागी, कुरेर बस्ने कृष्णको जलेर मत्यु

करिब १५ लाखको क्षती

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ माघ २८ सोमबार
अर्जुनचौपारी_आगलागीको_फोटो_(2).jpg

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका १ स्थित गाडखानीमा आगालागी हुदा जलेर एक जनाको मृत्यु भएको छ भने  ठुलो धनजनको क्षती भएको छ । सोमवार विहान पख स्थानीय ५८ बर्षिय बलबहादुर थापाको २ तले टिनले छाएको कच्ची घरमा एक्कासी आगालागी हुदा उक्त घट्ना भएको हो ।

 सोही घर कुरेर बस्ने बर्ष २८ को कृष्ण कामीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

आगालागी भएको थाहा हुने वित्तिकै नजिकै रहेको प्रहरी चौकीका प्रहरी र स्थानीय मिलेर अगो नियन्त्रणमा लिइएको भण्डारीले बताए । अगालागीबाट थापाको घरभित्र रहेको अन्नपात, भाडावर्तन, सिमेन्ट, काठपात जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आगालागीबाट थापाको १४ लाख ८० हजार बराबरको क्षती भएको छ । मृतक कामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको बताइएको छ । आगालागी कसरी भयो भन्ने बारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ