-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले टाउकोमा हात राखेका छन् । स्पेनिश क्लब बार्सिलोनाका कप्तान मेस्सीले आइतबार रातिको नतिजापछि टाउकोमा हात राख्न वाध्य भएका हुन् ।

घरेलु मैदानमा खेलेको बार्सिलोनाले एथलेटिक बिलबाओसंग गोलरहित बराबरी खेलेको हो ।

मेस्सीले गोल गर्ने अवसर पाएका पनि थिए । तर सकेनन् ।

खेलमा बार्सिलोना गोलकिपरले दुई वटा गोल हुने बललाई विफल पारेर टिमको उद्दार गरेका थिए ।

आइतबार रातिका खेलमा लेगनेसले रियाल बेटिसलाई ३–० ले हरायो भने भ्यालेन्सियाले रियाल सोसिडाडलाई गोलरहित र सेभियाले आइबरलाई २–२ गोलको बराबरी खेलेको छ ।

आइतबार रातिको खेलपछि लिग लिडर बार्सिलोनाको २३ खेलबाट ५१ अंक छ । दोस्रो स्थानको रियाल मड्रिडको समान खेलबाट ४५ अंक छ ।

एथलेटिको मड्रिडको ४४ अंक छ ।