काठमाडौँ । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा र २६ प्रहरी नायब उपरीक्षक डिएसपीलाई प्रहरी उपरीक्षक एसपीमा बढुवाका लागि सिफारिश गरेको छ ।
नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उमनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिए ।
यस्तै डिएसपीबाट एसपीमा बढुवा सिफारिश हुनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, डा मेखबहादुर खत्री, विनोद सिलवाल, भीमबहादुर दाहाल, रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पङ्गेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरहादुर बुढामगर हुन् ।
उनीहरुको उजुरीका लागि एक हप्ताको समय हुने र त्यसपछि गृहमन्त्रीस्तरीय निर्णयमा बढुवा हुने प्रावधान रहेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।