प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकालाई गालि गर्न मिल्दैन् : कृष्ण पहाडी
प्रकाशित २०७५ माघ २६ शनिबार
398
Shares
बुटवल। मानव अधिकार तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भेनेजुएलामा अमेरिकाको हस्तक्षेपलाई लिएर जारी गरेको बिज्ञप्तीमा अमेरिकालाई गाली गर्न नहुने बताएका छन्। आज रिर्पोर्टस क्वल ५ नम्वर प्रदेश कार्यलय बुटवलले गरेको पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारीबादि नेता कृष्ण पहाडीले यस्तो धारणा व्यत गरेका हुन्।
उनले भेनेजुएलाको समर्थन प्रचन्डले गर्न पाउने तर अर्को पक्ष अमेरिकालाई गाली गर्न नमिल्ने बताए। उनले यो प्रकरणमा विश्वमा जनमत विभाजित भैरहेको भन्दै चीन-भारतका आ-आफ्नौ अर्न्तराष्ट्रिय स्वार्थ रहेको सोही अनुसारको धारणा बनाएको बेला नेपालका नेताहरु पनि आफ्नो धारणा राख्नु गलत नहुने तर एउटालाई समर्थन गर्दा अर्को पक्षलाई गालि गर्न नहुने बताए। उनले भने, 'उहाँ प्रचण्डजिले आफ्नो धारणा राख्नु स्वावभिक होला तर अहिले नै अमेरिकालाई नानाथरीले गालीगर्नु उपयुक्त होईन किनकि अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरेको छैन्।'
पहाडीले नेपालमा भष्ट्राचार तिनै तहमा देखीएको भन्दै भष्ट्रचारलाई सुन्य सहनिसिलतामा ल्याउनको लागि सवै एकजुट हुनुपर्ने बताए। जहाज खरिद प्रकरणमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले राजीनामा माग दोहाए। मानव अधिकार तथा शान्ति समाजले मन्त्री अधिकारीले संसदलाई ढाटेको भन्दै अधिकारी पदमा बस्नुको लागि उपयुक्त नहुने यस अधि नै बताएको छ। उनले प्रधानमन्त्री ओलिलाई रविन्द्रलाई र्बखास्त गर्न नसक्नु ठुलो कमजोरी भएको बताए। स्थानीय तहमा समेत भाग भन्डा गरेर भष्टाचार गर्ने चलन बृद्धि भएको बताए।