arrow

नेकपाभित्र बबण्डरको संकेत

पोखरेल भन्छन् सन्कीलाई नेतृत्व दिए बर्बाद, रावल भन्छन् होस् नराखे पार्टी फुट्छ

logo
प्रकाशित २०७५ माघ २६ शनिबार
ncp-uml-maoist.jpg

काठमाडौं। सत्तारुढ नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको करीब १७ मिनेट लामो एउटा सम्बोधनले पार्टीभित्र अनिष्ट निम्त्याउने प्रष्ट संकेत दिएको छ। सरकारको काम र पार्टीका अर्का शीर्षस्थको व्यबहारप्रति आक्रामक बनेका प्रचण्डले राष्ट्रिय सहमतिसम्मको कुरा गर्दै काँग्रेससँग नजिकिने संकेत देखिएपछि, नेकपाका शीर्ष तहकै नेताहरु रन्थनिएका छन्। अध्यक्ष ओली पक्षीय नेता ईश्वर पोखरेलले प्रचण्डमाथि विष ओकल्दै घुमाउरो भाषामा विसर्जनउन्मुख भनेका छन्।

सन्काहा, शनकी र उन्मादीले पार्टीको नेतृत्व लिन नसक्ने भन्दै पोखरेलले, प्रचण्डबिरुद्ध जेदाह छेडेका छन्। पोखरलाई पनि थाहा छ अर्का अध्यक्ष ओली कति सन्काह र उन्मादी छन्। तर उनले यो वाण ओलीतिर हानेका होइनन्। प्रचण्डतिरै हो।

प्रष्ट छ प्रचण्डले शुक्रबार राजधानीमा जे बोले, त्यसले ओलीको नेतृत्वप्रति सीधा स्ट्राइक गरेको छ। निशाना साँधेको छ। त्यसैको प्रतिउत्तर स्वरुप उपप्रधानमन्त्री पोखरेलले शनिबार बिहानै फेसबुक वालमा “परिस्थिति र पार्टी एकता सन्दर्भमा” शीर्षक राखेर दुई बुँदा, चार उपबुँदा र ४ सय बढीको शब्द खचिएका छन्।

उनको लेखको मुख्य उद्देश्य छः प्रचण्डलाई अब पार्टी अध्यक्ष स्वीकार्न सकिन्न, प्रचण्डजस्ता सन्कीलाई अध्यक्ष बनाइए दुर्भाग्य हुन्छ। शुक्रबार प्रचण्डले दिएको अभिव्यक्ति पार्टी नेतृत्व कब्जा गर्न लक्षित र त्यो प्रयास सफल नभए पार्टी फुटाउन उद्दत रहेको पोखरेलको बुझाइ, उनको फेसबुक लेखले स्पष्ट पार्छ। पार्टीलाई फुटबाट जोगाउन उनले कार्यकर्ताहरुसँग गुहार समेत मागि सकेका छन्। हेर्नुस् पोखरेलले नीजि फेसबुकमा हालेको स्टेटमेन्टको छोटो अंश।

Image may contain: 1 person

पोखरेलले जस्तै नेकपाका प्रभावशाली नेता भीम रावलले पनि, पार्टी फुटप्रति गहिरो चिन्ता जाहेर गरेका छन्, ट्वीटर मार्फत। उनले महाकाली सन्धीको विषयमा भारतसँग जोरी खोज्दा पार्टी फुटेकोतर्फ संकेत गर्दै, अरुको मुलुक (भेनेजुएला) को विषयलाई लिएर पार्टीभित्र विवाद चर्किँदै गए पुरानो इतिहास दोहरिन सक्ने चेतावनी दिएका छन्।

Image may contain: 1 person, textनेकपाभित्रको पछिल्लो तनाव कति गहिरो छ भन्ने सन्देश यी दुई भाइको सामाजिक सञ्जाल हेरे पुग्छ। पार्टीभित्रका असन्तुष्टि सम्बोधन नगरेको, होली वाइन प्रकरण लगायतका विषयलाई लिएर पछिल्लो समय नेता रावल नेतृत्वप्रति आक्रामक बन्दै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ