वाग्मती सफाई अभियानको ३०० औं हप्ता : यस्ता छन् कार्यक्रम
प्रकाशित २०७५ माघ २६ शनिबार
618
Shares
काठमाडौँ । वाग्मती सफाई अभियानको ३०० औं हप्ता शनिबार मनाईँंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नै ३०० औं हप्ताको कार्यक्रमलाई ‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने नारा तय गरिएको छ ।
३ सय हप्ता अघिदेखि अनवरत रुपमा चल्दै आएको सो अभियानपछि काठमाडौंका अन्य सहायक नदीहरु, विष्णुमति, हनुमन्ते खोला, धोवी खोला आदिको समेत सफाई अभियान चलाईँदै आईएको छ । शनिबार ललितपुरको युएन पार्क र आलोक नगरमा बिहान ७ बजे भेला भएर अभियान सुरु हुँदैछ । यी स्थानबाट जनजागरण ¥यालीसहित शङ्खमूलमा जम्मा भएर प्रधानमन्त्री सहितको टोलीले सफाई अभियानको सुरुवात गर्ने कार्यतालिका रहेको छ ।
२०७० सालमा तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको समयमा तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको पहलमा सुरु भएको थियो । अहिले उपत्यका भित्रको मात्रै नभई उपत्यका बाहिर समेत विभिन्न १०२ स्थानमा नदी सफाई अभियान चल्दै आएको छ । उपत्यकामा अहिले विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा, इन्द्रमती, मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइ अभियान चल्दै आएको छ भने नदी सफाईको लागि सुन्दरीजलबाट चोभारसम्मको सफाई पदयात्रा समेत आयोजना गरिएको थियो ।