रत्ननगर । यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलीले स्थानीय किरण घिमिरेलाई तरबार प्रहार गरेकै अवस्थामा १९ वर्षीय बस्नेतलाई तीन फिट १० इञ्चको तरबारसहित पक्राउ गरेको इप्रकाका प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिए।
पुरानो झैँझगडा र रिसिइबीले तरबार प्रहार गरेको देखिएको उनले जानकारी दिए। बस्नेतले प्रहार गरेको तरबार घिमिरेलाई नलागी मोटरसाइकलमा लागेको प्रहरीले जनाएको छ । बस्नेतले लामो समयदेखि स्थानीयवासीलाई डरधम्की र तर्साउने कार्य गर्दै आएको बताइएको छ ।