रक्षामन्त्री पोखरेलले लिए अधिकारीको स्वास्थ्यबारे जानकारी
प्रकाशित २०७५ माघ २५ शुक्रबार
486
Shares
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
उनको उपचार भइरहेको धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी गराए । श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि उनलाई बिहीबार मेडिसिटी अस्पतालबाट थप उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । उहाँको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।
यही माघ २ गते उहाँको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटीमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको हो । उनको उपचारमा अस्पतालका डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायत सहभागी छन् ।