arrow

नाम बेच्नेहरुप्रति सुजाता कोइराला रुष्ट

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
koirala-sujata.jpeg

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराललाले आफ्नो सचिवालयमा एक जना निजि सचिव बाहेक कोहि पनि कार्यरत नरहेको प्रस्ट पारेकी छन् ।

पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले सचिवालयमा निजि सचिवका रुपमा कार्यरत लक्ष्मण थपलिया बाहेक अरु कोही व्यक्तिले मेरो सचिवालयको कर्मचारी हुँ भन्दै कुनै किसिमको पत्राचार तथा सम्पर्क गरेमा त्यसलाई अस्वीकार गर्न आग्रह गर्दै तत्काल आफ्नो सचिवालयमा सिधै सम्पर्क गर्न भनेकी छन् ।

नेतृ कोइरालाले आफु र आफ्नो सचिवालयको बदनाम गर्ने तरिकाले केही दिनदेखि केही व्यक्तिहरु नेपालस्थित  विभिन्न देशको राजदूतावास र विभिन्न संघ संस्थामा गएर आफ्नो र सचिवालयको नाम जोडेर आफ्नो काम लिन लागिरहेको जानकारी पाएको उल्लेख गर्दै त्यस्ता जोकोहिलाई पनि कानुनी दायरामा ल्याउन माग गरेकी छन्।
 
उनले आफु अहिले संघीय संसदको सांसद र नेपाली काँग्रेसको केन्द्रीय सदस्य रहेको उल्लेख गर्दै भनेकी छन्, 'मेरो सचिवालयमा अहिले लक्ष्मण थपलिया मात्र निजी सचिव रहेको जानकारी गराउँदछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ