arrow

नक्कली नोटसहित तीनजना पक्राउ

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
pakrau-new.jpeg

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिए।

पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले बताए । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । डबली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकाले प्रहरीले सबैलाई सजग रहनसमेत आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ