चट्याङले लागेर दुई मानिससहित एकहल गोरु र गाईको गयो ज्यान
शेर नेपाली,
प्रकाशित २०७५ माघ २५ शुक्रबार
379
Shares
डडेल्धुरा । डडेल्धुरामा छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
डडेल्धुरामा विहिबार साँझ आएको भारी हावापानिसंगै परेको चट्याङ लागेर जिल्लाको अमरगढी नगरपालिका–३मा बझाङ दुर्गाथलि गाँउपालिका–७ घर भएका ४८ बर्षिया गोगन दौल्याल र डडेल्धुराको भागेश्वर गाँउपालिका–५का दशरथ नाथका २० बर्षिया छोरी सरस्वती नाथको मृत्युभएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसिले बताएका छन्।
बझाङ दुर्गाथलि गाँउपालिका–७ घर भएका गोगन दौल्याल डडेल्धुरामा मजदुरी काम गर्दै आएका थिए । चट्याङ लागेर दशरथ नाथका २० बर्षिया छोरी सरस्वतीसंगै एकहल गोरु र एकगाईको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सुदूरपश्चिमका बिभिन्न स्थानमा बुधबार साँझबाट भारी बर्षासंगै हिमपात समेत भईरहेको छ ।