नेविसंघ नेताको रिहाइको माग गर्ने पाँच विद्यार्थी पक्राउ
प्रकाशित २०७५ माघ २४ बिहिबार
918
Shares
पोखरा । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शंकरराज घिमिरे लगायतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्ने विद्यार्थीहरु नै पक्राउ परेका हुन् ।
सरकारको गलत कामको बिरुद्ध नेपाल विद्यार्थी संघ कास्कीले पोखरामा आयोजना प्रर्दशनको क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु पर्शुराम बस्नेत, डिफान भुजेल र बिनय पौडेललाई रिहाईको माग गर्दै आन्दोलन क्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शंकरराज घिमिरे, नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, विद्यार्थी नेता भानु ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो ।
पक्राउ परेको नेताहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यलय कास्कीमा राखेको छ ।