arrow

कुरुप बन्दै रानीमहल, अल्लारेले भित्ता पनि छोडेनन्

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ माघ २४ बिहिबार
rani-mahal.jpg

पाल्पा(तानसेन) । नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल दरवार दिन प्रति दिन कुरुप बन्दै गएको छ । त्यहाँ जाने अल्लारेहरुले रानीमहलका भित्तामा विभिन्न किसिमका अश्लील शब्द लेख्ने र कोर्ने गरेका कारण दरवार झन् कुरुप बन्दै गएको हो ।

ऐतिहासिक दरवार कुरुप बन्दै जाँदा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन् । तानसेन वडा १३ मा अवस्थित रानीमहलको प्रचार प्रसार जुन रुपमा भएको छ सोही अनुरुपमा देख्न सकिदैन । नेपालको ताजमहल भनेर चिनिने रानीघाटको रानीमहल वरी परी क्याम्प फायर गर्नेहरुले गरेको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित र दुषित जस्तै भएको  हो ।

 भित्ताहरुमा अश्लील शव्द लेख्ने, बाहिर मादक पदार्थ सेवन गरेका खाली बोतल र फोहरका कारण ऐतिहासिक रानीमहलको संरक्षण र सरसफाईमा ध्यान दिनुपर्ने राय काठमाण्डौंबाट रानीमहल घुम्न आएका ५१ बर्षिय वसन्त श्रेष्ठले गुनासो गरे ।

 प्रेमको प्रति रानीमहलमा अस्थायी प्रहरी पोष्ट राखिएको भएता पनि त्यहाँ पुग्दा प्रहरीहरु देखिएनन्, त्रिसुलको एउटा सुइ भाचिएको र जता ततै अलपत्र फोहोर भएका कारण जुन श्रद्धाका साथ आएका थियौ, यहाँ आई पुग्दा निराश भयौ, श्रेष्ठले गुनासो गरे । सो गुनासाका सम्वन्धमा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीसँग सोध्दा, नगरपालिकाको तर्फबाट बेला बेलामा सरसफाई भई राखेको र यी सबै समस्याको समाधान हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ