arrow

भेनेजुएला प्रकरणबारे प्रचण्डको गल्तीको प्वाल टाल्दा सरकारलाई हैरान 

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
oli-prachanda.JPG

काठमाडौं । भेनेजुएलाको स्वतन्त्रताबारे हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिकालाई चेतावनी दिने सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रेस विज्ञप्तिले अहिले सरकार नै धर्मसंकटमा परेको छ । 

विचारै नगरी दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले प्रेस विज्ञप्ति जारी गरेपछि अहिले मुलुकमाथि नै संकट आउन सक्ने विश्लेषण हुन थालेका छन् । परराष्ट्रविद्हरु अमेरिकाजस्तो सहयोगी राष्ट्रमाथि आक्षेप लगाउनुअघि धेरै पटक सोच्नुपर्ने बताउँछन् । 

आफ्नोबारेमा बोल्दा चुप लाग्ने तर अर्काको मुलुकबारे बोल्दा विज्ञप्ति निकाल्न हतार हुने प्रचण्ड प्रचण्ड प्रवृत्तिको पनि आलोचना भइरहेको छ । 

नेकपाको सचिवालय बैठकदेखि विभिन्न छलफलमा प्रचण्डको गल्ती ढाकछोप गर्ने प्रयास भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ढाकछोप गर्दागर्दा हैरान भइसकेको बताउन थालेको उनका एक निकट नेताले बताएका छन् । 

ओली स्वीटजरल्याण्डबाट नेपाल फर्किने क्रममा रहेका बेलामा प्रचण्डले विज्ञप्ति निकालेका थिए । ओलीले आफू नेपालमा भएको भए त्यो बेला प्रचण्डलाई विज्ञप्ति निकाल्न रोक्ने पनि बताएका थिए । 

यही चेतावनीयुक्त विज्ञप्तिले गर्दा अमेरिका रुष्ट भएको छ । अमेरिकी राजदूत र्यान्डी बेरीलाई ओलीले स्पष्टिकरण नै दिनु परेको छ । 

ओलीले आफ्ना अध्यक्षको विज्ञप्तिमा शब्द चिप्लिएको बताएका छन् । उनले अमेरिकालाई विज्ञप्तिले खासै फरक पर्न नहुने सन्देश बाहिर ल्याउन खोजिए पनि त्यसको असर दिनानुदिन परिरहेको छ । 

ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै प्रचण्डको शब्द चिप्लिएको भनी तर्क गरेको बताइन्छ । ओलीलाई बालुवाटार आएर अमेरिकी राजदूत बेरीले गत सोमबार भेटेर सरकारको बोली लिएका थिए । 

ट्रम्पले नेपाल र भुटान भारतमा पर्ने भनी अमेरिकी सुरक्षा बैठकमा जनाएका थिए । उनको बोलीको विरोध गर्न नसकेको ओली सरकार र प्रचण्डको पार्टीले भेनेजुएलाका बारेमा बोलेर भने थाकेको छैन । 

गल्तीको प्वाल टाल्दा हैरान
पहिलो पटक ओलीले प्रचण्डको शब्द चिप्लिएको बताएका छन् । यसअघि शब्दको समेत उनले जिकिर गरेका थिएनन् । अरु कुनै पनि नेकपाका नेताहरुले प्रचण्डबाट गल्ती भएको जिकिर गरेका छैनन् । 

जे गरे प्रचण्डले सही गरे भनिरहेका छन् । तर नेकपाको पार्टीभित्र एकता हुनलाई समेत अहिले समस्या देखिएको छ । कार्यदलले प्रतिवेदन बुझाउन सकिरहेको छैन । 

आपसमा नेताहरुबीच बाझाबाझ भइरहेको छ । प्रचण्डले भेनेजुएला बारेमा विज्ञप्ति निकालेपछि नेकपाको गल्ती ढाकछोप गर्दा नै समय बितिरहेको छ । 

गल्तीको प्वाल टाल्दाटाल्दै हैरान भएको छ नेकपा । पहिलो पटक ओलीले शब्द चिप्लिएको भनेका छन् । त्यसबाहेक कसैले पनि गल्ती भयो भनिरहेका छैनन् । 

प्रधानमन्त्री ओलीले प्रचण्डले बोलेको र सरकारले निकालेको विज्ञप्तिमा कुनै गल्ती नभएको भन्दै आफ्ना परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईलाई प्रयोग गरिरहेका छन् । 

र पनि अब नेकपालाई विश्वास गर्ने वातारण रहेन भन्ने राजनीतिक वृत्तमा देखिएको छ । यसले कतै मुलुकलाई अप्ठेरो नपरोस् भन्ने चिन्ता गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ