arrow

सिमसिम पानी मौसम बेइमानी !

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
weather2.jpg

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा सिमसिम पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार रातिदेखि नै मौसम परिवर्तन हुने भन्दै सचेत रहन आग्रह गरिरहेको छ । 

तीन दिनअघि उपत्यकामा गर्मी बढिरहँदा बुधबार रातिदेखि चिसो बढेको छ । महाशाखाले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमी र मध्य भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र पूर्वी भेगका केही स्थानहरुमा हल्का वर्षा हुने प्रबल संभावना देखिएको जनाएको छ । 

देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपात भइरहेको समेत जनाइएको छ । मध्य र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारी हिमपातको पनि सम्भावना रहेको देखिएको छ । 

बिहीबार राति पनि वर्षा हुने र हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ । 

यस्तो छ शुक्रबारको पूर्वानुमान 

दिउँसो –  देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।्र देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ्र ।

राति – देशभर सामान्य बदली रहने देखिन्छ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ साथै पूर्वी भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको छ। 

माघ २६ गते शनिवार

देशको पश्चिमी भेगमा आंशिक बदली रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य बदलि रहनेछ । मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ।

देशको मध्य र पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी भेगमा सामान्यतया सफा रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ ।

यो वर्ष औषधभन्दा बढी पानी परिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ