मौसमले च्यालेन्ज दिँदैछ, केही दिन चनाखो बन्न आग्रह
प्रकाशित २०७५ माघ २३ बुधबार
482
Shares
काठमाडौं । मौसमले फेरि च्यालेन्ज दिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले ‘अबको केही दिन मौसम बदली हुने हुनाले निकै चनाखो भएर मौसम सम्बन्धी जानकारी र पूर्वानुमान लिनुहोला’ भनेको छ ।
महाशाखाले बुधबार देशका पश्चिमी भू–भागमा पूर्ण बदली हुने जनाएको छ । त्यस्तै मध्य भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने संम्भाबना रहेको जनाएको छ ।
महाशाखाले पश्चिमी भू–भागका थोरै स्थानमा हल्का बर्षा र पश्चिमी र मध्यका उच्च हिमाली भेगमा हल्का हिमपातको पनि संम्भावना रहेको जनाएको छ।
महाशाखाले राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको र मध्यका थोरै स्थानहरुमा हल्का बर्षा सम्भावना रहेको जनाएको छ । साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि संम्भावना रहेको जनाएको छ ।
यस्तो छ माघ २४ गते बिहीबारको मौसम पूर्वानुमान
दिउँसो – देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र देशको पश्चिमी साथै मध्य भू–भागको १–२ स्थानमा भारी वर्षासमेत हुने सम्भावना देखिन्छ ।
देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको छ भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ ।
राति – देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ ।
माघ २५ गते (शुक्रबार) को पूर्वानुमान
दिउँसो – देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १–२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ ।
राति – देशभर सामान्य बदली रहने देखिन्छ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।