arrow

नेविसंघ उपाध्यक्ष कटुवालको मृत्यु रहस्यमय भन्दै छानविन समिति गठन

logo
जनक बोहरा,
प्रकाशित २०७५ माघ २२ मंगलबार
nsu-bajura.jpg

बाजुरा । नेपाली कांग्रेस बाजुराले भातृ संघ नेपाल विद्यार्थी संघका उपाध्यक्ष डवल कटुवालको मृत्यु  रहस्यमय भएको भन्दै तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।  

उपाध्यक्ष कटुवालको यही माघ ८ गते त्रिवेणी नगरपालिका नजिकै कोठा भाडामा लिएर बसेको बेला रहस्यमय भएकोले घटनाको बारेका जानकारी सहित प्रतिवेदन पेश गर्न नेपाली कांग्रेसका महासमिति सदस्य तथा पुर्व सभासद महा नेपालीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए। उपाध्यक्ष कटवालको मृत्यु आफै नभएर हत्या गरेको हुने आशंका भएकाले मृत्युको बारेमा छानविन गर्न समिति गठन गरिएको पण्डितले बताए ।

संगठन प्रति इमान्दार लगनशिल र एक जुझारु नेविसंघका नेता गुमाउनु अतुलनीय क्षती भएकाले घटनाको बारेमा थप जानकारी लिन उक्त समिति गठन गरिएको पाटी सचिव रनसिंह अयडीले जानकारी दिए। उनले दिएको जानकारी अनुसार छानविन समितिको सदस्यमा महासमिति सदस्य तथा महिला संघ केन्द्रीय सदस्य जुना दानी र कांग्रेस जिल्ला कार्य समिति सल्लाहकार समिति संयोजक रंग बहादुर खाती रहेका छन् ।
 
उपाध्यक्ष कटुवालको त्रिवेणी नगरपालिका नजिकैको घरमा कोठा भाडामा लिएर बसेको बेलामा बेलुकी ४ बजे मृत अवस्थामा फेला परेका थिए ।  सोमबार नेपाली कांग्रेसको नियमित बैठकबाट नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशनका लागि निर्देशन समिति समेत गठन गरिएको छ ।

नेविसंघको जिल्ला अधिवेशनका लागि कांग्रेस जिल्ला कार्य समिति सदस्य तिलकराज पुरी संयोजक रहेको ६ सदस्यीय समिति गठन गरिएको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।  समितिले नेविसंघको जिल्ला अधिवेशनका लागि स्थानीय तहमा रहेका नगर तथा गाउँपालिका स्तरमा नेविसंघ गठन गराउन समेत जिम्मेवारी दिइएको छ ।

जिल्लाका नौ वटै स्थानीय तहमा रहेका गाउँपालिका र नगरपालिका स्तरिय नेविसंघ गठन पछि मात्र जिल्ला अधिवेशनको तयारीमा लाग्न नेपाली कांग्रेसले नेविसंघलाई निर्देशन समेत दिएको नेविसंघ बाजुृराका उपाध्यक्ष दिल बहादुर थापाले बताउनु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ