'कांग्रेसलाई शक्तिशाली बनाउने एक मात्र बिकल्प - मुहानै सुधार्नुपर्छ'
प्रकाशित २०७५ माघ २२ मंगलबार
264
Shares
धनकुटा । नेपाली कांग्रेस कमजोर हुदा मुलुकलाई नै ठूलो क्षति भैरहेको कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले बताएका छन् । धनकुटामा आयोजित कांग्रेसको भेलालाई सम्बोधन गर्दे नेता सिटौलाले कांग्रेसलाई शक्तिशाली र ठूलो पार्टी बनाउन कांग्रेसको मुहानै सुधार्नु पर्ने एक मात्र बिकल्प रहेको वताए।
कांग्रेस कमजोर हुदा नेकपाको दुई तिहाईको सरकार अलोकतान्त्रिक हुन थालेको सिटौलाले बताए । उनले भने, 'ओली सरकारले जनहित विपरित निर्णयहरु धमाधम गर्दै आएकाले लोकतान्त्रिक मार्ग ल्याउन र मुलुकमा आर्थिक अभियान संचालन गर्न अब कांग्रेस दह्रो र शक्तिशाली हुन आवाश्यक छ ।'
सिटौलाले पार्टीमा गुट उपगुटको अन्त्य गर्दै नया ढंगले संगठित हुनुपर्ने र त्यसका लागी पार्टीमा समान अवसर समान सहभागी क्षमताको आधारमा जिम्मेवारी सवैलाई दिनु पर्नेमा जोड दिए । नेता सिटौलाले मुलुक र यूवाहरुको भविष्यका लागि कांग्रेसलाई सुर्धान अव युवाहरुले जिम्मेवारी दिनु पर्नेमा जोड दिदै त्यसका लागी यूवाहरुले हस्तक्षेपकारी भूमिकासाथ नेतृत्व दिनु पर्ने वताए ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतामा भएको भेलामा महासमिति सदस्य नेता आनन्द सन्तोषी राई, पूर्व सभापति हरी कुमार राई , सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य गोर्ख वहादुर पिठाकोठे,नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु लगायतले नेपाली कांग्रेसले देशव्यापी रुपमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नका लागि आन्दोलनका कार्यक्रमहरु केन्द्रले तय गर्नु पर्ने र देशभरी कांग्रेस जागरण अभियान संचालन गर्नु पर्नेमा जोड दिए ।