काठमाडौं । एक रिपोर्टले अबको केही वर्षमा हिमाल मरुभूमि जस्तै बन्ने चेतावनी दिएको छ । जलवायु परिवर्तनलाई विश्वले गम्भीरताका साथ नलिईरहेको बेलामा एक अध्ययन रिपोर्टले अब पनि गम्भीर नबन्ने हो भने २१०० सम्म एक तिहाई हिउँ पग्लिएर सकिने चेतावनी दिएको छ ।
सोमबार इसिमोड सहित विभिन्न ३ संस्थाको नेतृत्वमा तयार पारिएको द हिन्दूकुश हिमालयन एसेसमेन्ट नामक रिपोर्टका अनुसार २१०० सालसम्ममा हिमालको दुई तिहाई हिउँ पग्लिएर सकिने चेतावनी दिएका हुन् ।
अध्ययनमा संलग्न बैज्ञानिकहरुले चेतावनी दिएका छन् कि यदि वैश्विक उत्सर्जन ९ग्लोबल वार्मिङ्ग० नघटाउने हो भने दुनियाँको तेस्रो ध्रुव मानिने हिम चट्टानको दुई तिहाई हिस्सा २१०० सम्ममा पग्लिएर सकिन्छ । सोमवार जारी नयाँ अध्ययनका अनुसार ग्लोबल वार्मिङ्ग १।५ डिग्री सेल्सियससम्म सीमित गर्नेवाला पेरिस सन्धिको लक्ष्य हासिल भएपनि एक तिहाई हिउँ पग्लिएर सकिने चेतावनी दिइएको छ । यसमा अझै कोही गम्भीर नबन्ने हो भने यसको केही वर्षमा नै हिमाल मरुभूमि बन्ने चेतावनी दिइएको छ ।
रिपोर्टका अनुसार हिन्द-कुश हिमालय (एनकेएच) क्षेत्रको हिमनदीबाट पहाडी भेगका २५ करोड मानिस तथा नदीको घाँटीमा रहने १.६५ अर्ब अन्य मानिसको लागि समेत हिमनदी अहम जल स्रोतको रुपमा रहेको छ । यो हिमनदी गंगा, सिन्धु, येलो, मेकोङ्ग समेतले दुनियाँका सबैभन्दा महत्वपूर्ण १० नदिहरुमार्फत् जलापूर्ति हुँदै आएको छ । अरबौं मानिसहरुका लागि प्रत्यक्ष या परोक्ष रूपले भोजन, ऊर्जा, स्वच्छ वायु तथा आयको आधार प्रदान हुँदै आएको छ ।
अध्ययनमा चेतावनी दिइएको छ कि हिमाल पग्लिएसँगै यसको प्रभाव वायु प्रदूषणले स्थिती चिन्ताजनक बन्दै जानेदेखि प्रतिकूल मौसमको रुपमा समेत यसको असर देख्न सकिन्छ । मनसुनभन्दा पहिले नदीमा शहरी जल व्यवस्था, खाद्य एवं ऊर्जा उत्पादन समेत अस्तव्यस्त हुनसक्छ । सो रिपोर्ट काठमाण्डौंको इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट इन नेपालद्वारा प्रकाशित भएको थियो ।