arrow

कांग्रेसलाई गाली गर्दैमा देश समृद्ध बन्छ ? –  प्रदीप पौडेल

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
pradip-poudel5.jpg

तनहुँ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोधसभा र प्रदर्शन गर्ने क्रममा तनहुँको दमौलीमा आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले काङ्ग्रेसलाई गाली गरेर मात्रै देश समृद्ध नबन्ने बताए । 

उनले दुई तिहाइ सरकारलाई असफल हुने छुट नरहेको भन्दै सरकारले राम्रो काम गर्नुपर्ने बताए। प्रतिपक्षी दलको नेताको उपस्थिति बिना संवैधानिक परिषद्ले गरेको निर्णय बदर नभएसम्म काङ्ग्रेसले आन्दोलन जारी राख्ने र वाइडबडी छानबिनकै क्रममा रहेको भन्दै भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन कांग्रेस प्रतिबद्ध रहेको पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ