-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । विश्वकै महंगा फुटबल खेलाडी नेयमारले आफ्नो २७ औं बर्थडे (जन्मोत्सव) मनाएका छन् ।
पेरिस सेन्ट जर्मेनबाट प्रोफेसनल फुटबल खेलिरहेका ब्राजिलियन खेलाडी नेयमारले सोमबार राति पीएसजीका खेलाडीहरुसंग बर्थडे मनाएका हुन् ।
पेरिसमा भएको कार्यक्रममा रेड क्रचेजमा देखिएका नेयमारले आफ्ना अतिथिहरुलाई भद्र तरिकाले स्वागत गरिरहेका थिए ।

डीजे बब सिनक्लेयर, ब्राजिलियन गायक वेस्ले सापाडाओ र गाब्रियल मेडिना लगायत पनि सहभागी थिए ।

झण्डै दुई सय अतिथिहरु उक्त पार्टीमा सहभागी भएको जनाइएको छ । खेलाडीहरु एंगेल डी मारिया आफ्नी पत्नीसहित पुगेका थिए ।

घाइते भई खेल्न नसकेका नेयमार आरामरत छन् । उनको पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा यथावत् छ ।
२१ खेलबाट ५६ अंकबाट शीर्ष स्थानको पीएसजी दोस्रो स्थानको लिलेभन्दा १० अंकले अगाडि छ । पीएसजी एकमात्र खेलमा पराजित भएको छ ।