केपी ओलीको बिरोधमा सिराहाका देहातबाट हजारौ आए सदरमुकाम (भिडियो)
प्रकाशित २०७५ माघ २१ सोमबार
1.2k
Shares
सिराहा । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको बिरोधमा सिराहाका देहात (गाउँ ) बाट हजारौ नागरिक सिराहा सदरमुकाम आएका छन् । नेपाली कांग्रेस सिरहाले सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गरेका हो। कम्युनिष्ट सरकारले अधिनायक चरित्र देखाएको भन्दै सोमवार कांग्रेसले बिशाल विरोध प्रदर्शन गरेको हो।
सभामा कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, चित्रलेखा यादव, जिल्ला नेता डा. सुभाष चन्द्र यादव, नेविसंघका सहमहामन्त्री परमेश्वर शाह, जिल्ला सभापति रामचन्द्र यादव लगायतका अन्य नेताहरुले सम्बोधन गरेका थिए।
सहभागि बक्ताहरुले सरकारको अधिनायकवादको विरोध, संसदीय सर्वोच्चता कायम गर्न, सरकारको भ्रष्टाचार, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही लगायतका माग राखेका थिए ।
उनिहरुले डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न,चर्को मुल्यवृद्धि फिर्ता गर्न, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न, सुशासन कायम गर्न, विधिको शासनको पूर्ण पालना गर्न माग राख्दै होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप लगाएका थिए ।