खोटाङ । नेपाली कांग्रेसले खोटाङले सदरमुकाम दिक्तेलमा बिशाल विरोध प्रदर्शन गरेको छ । कांग्रेस नेतासहित कार्यकर्ताले सदरमुकाम दिक्तेलमा बिशाल विरोध प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङको नेतृत्वमा जिल्लाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । सरकारको अधिनायकवादको विरोध गर्दै कांग्रेसले संसदीय सर्वोच्चता कायम गर्न माग गरेको छन् । यस्तै, सरकारको भ्रष्टाचारको कदमकोसमेत व्यापक विरोध भएको छ ।
राज्य आतंक बन्द गर्न, संसदीय मर्यादा पालना गर्न, हत्याहिंसा बन्द गर्न, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग गरिएको छ ।यस्तै, निर्मला पन्तका बलात्कारी र हत्यारालाई तत्काल कारवाही गर्न, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न, चर्को मुल्यवृद्धि फिर्ता गर्न, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न, सुशासन कायम गर्न, विधिको शासनको पूर्ण पालना गर्न माग गरिएको छ । प्रदर्शनमा होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको समेत कांग्रेसले सडक आन्दोलमार्फत विरोध गरेको छ ।
विशाल बिरोध प्रदर्शनपछि कांग्रेसले दिक्तेलबजारस्थित हेलीप्याडमा कोणसभा गरिरहेको छ । कोणसभामा कांग्रेसका महासमिति सदस्यहरु तथा नेताहरुले मन्तव्य राखिरहेका छन् ।