arrow

दुई तिहाइको दम्भका बिरुद्ध दार्चुलामा प्रदर्शन

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ माघ २१ सोमबार
darchula-congress.jpg

दार्चुला ।  अहिलेको सरकार दुई तिहाइको दम्भका साथ अगाडि बढेको भन्दै कांग्रेसले दार्चुलामा बृहत प्रदर्शन गरेको छ । बर्तमान सरकार बहुमतको दम्भ तथा अधिनायकवाद लाद्न खोजेको भन्दै सोमबार सरकार विरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शन गरिएको हो ।
 
संसदीय मार्यादा कायम गर्न नसकेको, महंगी र भ्रष्टाचार बढाएको भन्दै कांग्रेसले देशैभरी सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अनुरुप  दार्चुलामा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सचिव हरक बिष्टले जानकारी दिए।

पार्टी कार्यालय बाट सुरु भएको विरोध र्‍याली सदरमुकाम परिक्रमा पछि नेपाल भारत जोड्ने झोलुङ्गे पुल खलंगा घाट बजार अगाडि पुगेर कोणसभा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति ललित सिह बोहराले बर्तमान सरकारले झुट्को खेती बाहेक अरु केही गर्न नसकेको आरोप लगाए ।

 उनले भने ‘सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन्। डा. गोविन्द केसीसंग भएका सम्झौता कार्यान्वयनमा समेत बिचाराधिन छ ,  महंगीले सिमा नाघी सक्यो , भ्रष्टाचार बढेको छ। त्यसैले सरकारले गरिरहेका जनविरोधी कामहरुलाई रोक्नका लागि दबाब दिन हामीले विरोध सुरु गरेका हौं।’

उनीहरुले सरकारले सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै कांग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो। प्रदर्शनमा सभापति ललित सिह बोहरा, पुर्ब पार्टी सभापति महादेब बडु, कांग्रेस नेता बिक्रम सिह धामी , महाधिवेशन प्रतिनिधि उमेश खत्री,  नेबिसघ जिल्ला अध्यक्ष रमेश राज भट्ट लगायतले सम्बोधन गरेमा थिए । बिरोध र्यालिमा कांग्रेसका भात्री संघसंगठनका प्रतिनिधि , कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ