arrow

धनुषामा २५ हजारभन्दा बढिको संख्यामा बृहत प्रदर्शन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ माघ २१ सोमबार
janakpur-congress.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईको जनकपुरमा नेपाली कांग्रेस धनुषाले सोमवार बृहत विरोध प्रदर्शन गरेको छ ।  जुलुसलाई नेपाली कांग्रेसका उपसभापति  विमलेन्द्र निधि, केन्द्रिय सदस्य महेन्द्र यादव , रामकृष्ण यादवले सम्बोधन गरेको थिए ।

प्रदर्शनमा २५ हजारभन्दा बढिको संख्यामा बृहत विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले दाबी गरेका छन  ।

देशमा कम्युनिष्ट सर्वसतावादतर्फ उन्मुख भईरहेकोले सरकारको अलोकतान्त्रिक काम कारवाही विरुद्ध प्रदर्शन गरेका बताएका छन् । सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक बलजर्बजस्ती पारित गरिनु प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक राखि महत्वपुर्ण नियुक्तिहरु गरिनु लोकतान्त्रिक मुल्य र मान्यताको विपरित रहेको बताउंदै विधिको शासनको लागि जनसरोकारहरुको मुद्दामा केन्द्रित रही विशाल विरोध प्रदर्शन गरेका छन ।

देशमा बढदै गएको कालोबजारी, महंगी , भ्रष्टाचार , बलात्कार , अन्याय , अत्याचार र अनेकौं जनविरोधी निर्णयहरु विरुद्ध उभिन नेपाली कांग्रेसका कार्यकर्ताहरुले बृहत विरोध प्रदर्शन गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ