arrow

नेपाली क्रिकेट टोली दिउँसो आउँदै, बधाई दिन कहाँ चुके प्रधानमन्त्री ओली ? 

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
nepali-cricket-oli.jpg

काठमाडौं । पहिलो पटक एक दिवसीय र टी–२० सिरिज क्रिकेट जितेर नेपाली टिम सोमबार दिउँसो स्वदेश फर्कदै छ । युएईमा भएको एक दिवसीय र टी–२० मा सिरिज जितेर नेपाल उपाधिसहित दिउँसो आउन लागेको हो । 

नेपाली टिमका म्यानेजर रमन शिवाकोटीले दिएको जानकारी अनुसार नेपाली टोली फ्लाई दुबईमार्फत दिउँसो ३ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने छ । 

नेपाली टोलीलाई भब्य स्वागत गर्ने तयारी बनाइएको छ । 

बधाइको ओइरो, प्रधानमन्त्री कहाँनेर चुके ? 
नेपालले युएईलाई उसकै भूमिमा एक दिवसीय र टी–२० मा समान २–१ ले हराएर सिरिज जित्यो । नेपालले अहिलेसम्म टी–२० र एक दिवसीय अन्तर्राष्ट्रियमा सिरिज जितेको थिएन । 

यो सफलतापछि बधाइ दिनेको ओइरो लाग्यो । विभिन्न घटनाहरु ढिला थाहा पाउने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बघाइ दिइन् । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बधाइ दिए । त्यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसले पनि बधाइ दियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भने ढिला गरी बधाइ दिए । यसअघि उनी बधाइ दिन र टिमलाई बालुवाटार बोलाउनमा छिट्टो देखिन्थे । 

यसपटक त उनलाई नेपालले इतिहास रचेको पत्तो समय भएन जस्तै भयो । जताततैबाट आएको बधाइले उनलाई जवरजस्ती ट्वीट गर्न वाध्य पारेजस्तो गरी आइतबार भएको टी–२० को तेस्रो खेलमा जितेको जितको मात्र प्रसंग उठाएर बधाइ दिए । 

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै लेखेका छन्, ‘तेस्रो  टी–२० खेलमा नेपालले युएईसँग १४ रनले  विजय हासिल गरेको  थाहा पाउँदा अत्यन्तै  खुसी लागेको छ । नेपाली क्रीकेटका लागि यो अर्को ठूलो सफलता हो। नेपाली क्रीकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक वधाई !’

यसरी थाहै नपाइनपाई उनले कहाँ कसरी बोले, के के भने भन्ने कुराको लेखाजोखा त हुने नै छ । उनले संसदमा आर्थिक आँकडा प्रस्तुत गर्दा पनि हचुवा र झुठो आँकडा प्रस्तुत गरेको भनी चर्को आलोचना भएको थियो । 

चिकित्सकले आराम गर्नमा बढी जोड दिने गरे पनि उनी सकभर सार्वजनिक कार्यक्रममा बोल्नका लागि व्यस्त हुन्छन् । उनको भनाइ भन्दा पनि ‘रिफ्रेस’ हुन प्रवचन सुन्न जानेहरु धेरै भएको बुझिन्छ । 

तर प्रधानमन्त्रीलाई प्रश्न जसरी अन्य विषयमा अन्टसन्ट बोलेर विवादमा आउँछन् क्रिकेटमा किन ? ट्वीटरमा बधाइ नै दिनपर्छ भन्ने त थिएन । बधाई दिने तैपनि आधा बढाइ । किन प्रधानमन्त्री ज्यू ? कतै यो पनि ‘रिफ्रेस’ का लागि त हैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ