arrow

एकताको गाँठो फुकाउन नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवासमा

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
nekapa1.JPG

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । 

सचिवालय बैठक लामो समयपछि बस्न लागेको हो । बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । 

पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको हो । 

गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । 

सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ । 

गत जेठ ३ गतेदेखि तीन महिनाभित्र सम्पूर्ण एकता भइसक्ने दावी गरिए पनि नौ महिनासम्म स्थानीय तहमा (केहीलाई छाडेर) एकता प्रवेश गर्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ