arrow

कांग्रेसले भन्यो - प्रचण्ड र सरकारले दिएको विज्ञप्ति नेपालको राष्ट्रिय स्वार्थ विपरित

logo
प्रकाशित २०७५ माघ २० आइतबार
oli-prachanda.gif.gif

काठमाडौं । नेपाली कांग्रेसले भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' र सरकार स्वयंले दिएको विज्ञप्ति नेपालको राष्ट्रिय स्वार्थ विपरित रहेको बताएको छ ।

आइतबार कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले  सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व, असंवेदनशील  र राष्ट्रिय स्वार्थप्रति उदाशिन भएको भन्दै बैठकले आपत्ति प्रकट गरेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वार जारी विज्ञप्तिमा भनिएको छ, 'नेपालको विकासका लागि झण्डै ६५ वर्ष भन्दा समयदेखि लगातार आर्थिक सहयोग पुर्‍याउँदै आएको एक पुरानो र भरपर्दो मित्र संयुक्त राज्य अमेरिकाले आज पनि हाम्रो मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माण क्षेत्रमा अत्यन्त उल्लेखनीय सहयोग पुर्‍याइरहेको छ । आगामी दिनमा पनि नेपालको आर्थिक विकास, त्यसका लागि आवश्यक आर्थिक र कुटनीतिक सहयोगको क्षेत्रमा संयुक्त राज्य अमेरिकाको सकारात्मक भूमिका महत्वपूर्ण रहनेछ । यस परिप्रेक्षमा नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ । यस्तो असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदाशिन कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको यो बैठक आपत्ति प्रकट गर्दछ ।'

साथै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश अनुरुप नै वर्तमान सरकारले डा. गोविन्द के.सी. सँग सम्झौता गरेकोमा पछि तोडमोड गरी अध्यादेश र सम्झौता विपरित जबरजस्ती संसदबाट पास गरेको विधेयकलाई अध्यादेश एवं सम्झौता बमोजिम  सच्चाउन नेपाली कांग्रेस निरन्तर लागि रहने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ