हिगुआनको चेल्सीमा दरिलो इन्ट्रि, यसरी जोगियो नाक, के के भयो शनिबार ?
प्रकाशित २०७५ माघ २० आइतबार
603
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ । एक साताअघि मात्रै इटालियन क्लब युभेन्टसबाट लोनमा चेल्सी आएका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआन र इडेन हजार्डको समान २–२ गोलको मद्दतमा चेल्सीले हडर्सफिल्डमाथि ५–० को शानदार जित निकालेको हो ।
शनिबार राति भएको खेलमा चेल्सीले घरेलु मैदानमा फराकिलो जित निकालेको हो । ‘डेब्यु’ खेलमा गोल गर्न असफल रहेका हिगुआनले दोस्रो खेलमा आफ्नो प्रभाव जमाएका हुन् ।
एक गोल डेभिड लुइसले गरेका थिए ।
हडर्सफिल्डविरुद्ध २ गोल गरेसँगै हिगुआन प्रिमियर लिगमा घरेलु मैदानमा डेब्यु गोल गर्ने खेलाडी बनेका छन् ।
यसअघि चेल्सीका मारियो स्टानिकले २००० मा वेस्टह्यामविरुद्ध घरेलु मैदानमा डेब्युमा दुई गोल गरेका थिए ।
हडर्सफिल्डमाथिको जितसँगै चेल्सी २५ खेलबाट ५० अंक जोडेर लिगको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले एक खेल कम खेलेको आर्सनललाई ३ अंकले पछि पारेको हो ।