पोखरा। पोखरामो मासबारमा आज बिहान सरकारी गाडी जलाएको आरोपमा नेविसंघका पाँच विद्यार्थी पक्राउ परेका छन्। नेविसंघ कास्कीका पूर्व सभापति विकास थापाले विज्ञप्ती जारी गर्दै गाडी जलाएको जिम्मा लिए लगत्तै प्रहरीले, नेविसंघका पाँच विद्यार्थीलाई लेकसाइडको होटलबाट पक्राउ गरेको छ।
विदाको दिन सरकारी गाडी चलाउन नदिने नेविसंघको निर्णय अवज्ञा गरेको भन्दै उनीहरुले, आज पोखरा महानगर स्वामित्वको गाडीमा पेट्रोल छर्केर आगो लगाएका थिए।
पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा१झ ५८७९ नम्बरको भ्यान जलाएको आरोपमा नेविसंघका पाँच जनालाई लेक साइडको होटलबाटै पत्रफाउ गरिएको बैदाम प्रहरीले जनाएको छ। नेविसंघ कास्कीका विद्यार्थीहरु लक्ष्मी प्रसाद पौडेल, परशुराम बस्नेत, डिफान भुजेल, राजेन्द्र बराल, र विनय पौडेललाई पक्राउ गरिएको, कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिएका छन्।
प्रहरीले उनीहरुको साथबाट एउटा मोटरसाइकल र दुईवटा स्कूटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ।