arrow

रामसारमा सूचीकृत घोडाघोडी तालको सरक्षणमा सुखडवासी, जनचेतना जगाउँदै प्रसासन

logo
जमुना न्युरे,
प्रकाशित २०७५ माघ १९ शनिबार
ghodaghodi-taal.jpg

सुखड कैलाली। सीमसार क्षेत्र आउँदो पुस्ताको भबिष्यसंग जोडिने भएकोले पनि यसको संरक्षणमा कैलाली सुखड क्षेत्रका वासिन्दा लागिपरेका छन्। स्थानियको यो पहललाई स्थानिय प्रसासनले समेत सहयोग पुर्‍याउन थालेको छ। 

सीमसार संरक्षणलाई अभियानकै रुपमा लैजानुपर्नेमा स्थानियहरुको मत छ। यहि सोचलाई बल पुर्‍याउन सुदुरपश्चिम प्रदेसका उद्योग पर्यटन तथा बन बाताबरण मन्त्रालयका सचिब मेघनाथ काफ्ले जोडिए। सीमसार चराको खेल्ने हुर्कने ठाउँ भएकोले जैविक विभिदताको संरक्षणको लागि पनि प्रकृतीको गहनाको रुपमा रहेको सिमसार क्षेत्रलाई बचाउनु पर्नेमा सबै एक मत देखिएका छन्। चराको संरक्षणको लागि त सिमसार अत्यन्तै महत्वको रहेको सचिव काफ्लेले बताए। 

सुदुरपश्चिम प्रदेश उद्योग पर्यटन बन बाताबरण मन्त्रालयद्धारा आयोजना गरिएको सप्ताहब्यापि कार्यक्रम अन्तर्गत घोडाघोडी ताल सरसफाइ कार्यक्रममा सचिव काफ्ले सहभागि थिए।

घोडाघोडी क्षेत्र केहि समय अगााडि घास दाउरा काट्ने थलो बनेको बताउदै उनले रामसार सुचिमा सुचिकृत भइसकेपछि घोडाघोडी बिश्वको महत्वको बिषय बनेको बताए। उनले घोडाघोडीको बासीन्दा हु भन्न पनि गर्व लाग्ने खालको संरक्षण हुनुपर्ने बताए।

घोडाघोडी क्षेत्र अन्तराष्ट्रिय महत्वको भएकाले यस क्षेत्रमा हुने क्रियाकलापको स्विकृति राष्टिय हितकै लागि भएपनि अन्तराष्ट्रिय स्तरबाट मान्यता पाउने हुनाले यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

प्रदेश सरकारबाट पनि घोडाघोडीको लागि बजेट छुट्याएको जानकारी दिदै उनले त्यसलाइ खर्च भन्दा पनि लगानि गरेर अगाडि बढाउने बताए। 

कार्यक्रममा नगर प्रमुख ममता प्रसाद चौधरीले गुरुयोजना निर्माण गरेर घोडाघोडीको बिकासका लागि अघि बढ्ने बताए। संरक्षण र पर्यटन मार्फत गुरु योजना बनाइ अघि उनको भनाइ थियो।

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष दिपेन्द्र शाहिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सशस्त्र प्रहरी बल, बिद्यार्थी, बन हेरालु लगायतले तालको सरसफाइ गरेका थिए। बन सचिब मेघनाथ काफ्ले, नगर प्रमुख, डिभिजन बन पहलमानपुरका प्रमुख दिपक ज्ञवाली, सशस्त्र प्रहरी बल पहलमानपुरका धन सिंह धामी, लगायतकाले घोडाघोडी ताल सफाइ गरी सरसफाइ कार्यक्रमको शुरुवात गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ