सामाजिक अभियान्ताहरुको आग्रहपछि डा. गोविन्द केसीको अनसन स्थगित
प्रकाशित २०७५ माघ १८ शुक्रबार
680
Shares
काठमाडौं । २४ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले अन्ततः आमरण अनसन तोड्ने निर्णय गरेका छन् । शुक्रबार साँझ ७ बजे पत्रकार सम्मेलन गरी उनले यस्तो निर्णय गरेका हुन् ।
प्रमुख पतिपक्षी दल नेपाली काँग्रेसको अवरोधकाबीच सरकारले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास गरेपछि पनि आमरण अनसनमा रहेका उनलाई काँग्रेस सभापति शेरबहादुर देउवासँगै विभिन्न सामाजिक अभियान्ताहरुले अनसन तोड्न आग्रह गरेका थिए ।
अनसन स्थगित गर्न उनलाई शुक्रवार पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, सुशीला कार्की, दमननाथ ढुङ्गाना, भोजराज पोखरेल, प्रा डा मदन उपाध्याय, प्रा डा रमेशकान्त अधिकारी, प्रा डा अर्जुन कार्की, प्रा डा भगवान कोइराला, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा दिनेश प्रसाईं र रविनद्र सिंह बानियाँ लगायतले आग्रह गरेका थिए ।
उनलाई ज्यान फालेर भन्दापनि बाँचेर नै माफियाविरुद्ध लड्न सकिने भन्दै अभियान्ताहरुले अनसन तोड्न सुझाव दिँदै आएका थिए ।