काठमाडौँ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट शुक्रबार निर्मल निवास फर्किएका छन् ।
हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना भएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुगेका थिए । उनको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ ।
उनि अहिले सामान्य खानपिन र हिँड्डुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य परीक्षण गर्न अस्पतालले सुझाएको छ । उनलाई करीब १० वर्षको अवधिमा अहिलेसम्म तीन पटक हृदयाघात भएको जनाइएको छ । रासस