arrow

राप्रपाका नेता रामचन्द्र कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार

झापा ।  राप्रपाका नेता तथा जिल्ला सदस्य रामचन्द्र वराल कांग्रेसमा प्रवेश गरेका छन् । दमक उद्योग वाणिज्य संघका पूर्व द्धितीय उपाध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थाहरुमा सेवा पुर्‍याँउदै आएका व्यवसायी वरालले राप्रपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

राप्रपामा केहिसमयदेखि उनी निस्कृय रहेका थिए । चुलाचुलीमा शुक्रवार सम्पन्न कांग्रेस समर्थित व्यवसायीहरुको भेलामा उनले उक्त घोषणा गरेका थिए ।

कांग्रेसमा प्रवेश लगत्तै उनलाई नवगठित व्यवसायीहरुको संगठन लोकतान्त्रिक उद्योग वाणिज्य संघको सहसंयोजकको जिम्मेवारी दिईएको कांग्रेस नगर सचिव समेत रहेका दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ