arrow

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
specialcourt-shikharnews.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार ८३४ बराबरको भ्रष्टाचार गरेको आयोगले अभियोग लगाएको छ । उपप्रबन्धक चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियङ्काकुमारी चौधरी लगायतको नाममा राखेको देखिन आएको आयोगले जनाएको छ ।

आयोगले बिगो बराबरको रकम चल–¬अचल सम्पत्ति जफत गर्न आग्रह गर्दै मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ