देश माफियाको हातमा सुम्पेको भन्दै सिराहामा प्रधानमन्त्रीको पुत्ला दहन
प्रकाशित २०७५ माघ १८ शुक्रबार
601
Shares
सिराहा । नेपाल विद्यार्थी संघ जिल्ला कार्यासमिती सिराहाले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । जिल्ला अध्यक्ष मो .मुस्ताकको नेतृत्वमा सिराहाको लाहानमा प्रधानमन्त्री केपि ओलीको पुत्ला दहन भएको हो।
विभिन्न नाराहरु सहित डाक्टर केसीको माग पूरा गर, माफिया सरकार मुर्दाबाद,नेबिसंघ जिन्दावाद, भ्रष्ट सरकार मुर्दावाद नारा सहभागीहरूले लगाएका थिए।
प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै नेबि संघका केन्द्रीय सह महामन्त्री परमेशवर साहले माग पूरा नभए आन्दोलनको आंधिबेहरी ल्याउने चेतावनी दिए। उनले ओलीले देश माफियालाई सुम्पेको आरोप लगाए ।
नेपाली काङ्रेसका महसमिती सदस्य बिष्णु साह बनियाले ओली सरकारले देशलाई माफियाकरण गरेको बताए।