-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सदन अहो! यो कस्तो भट्टी
चढ्छ जहाँ बहुमतको मात!
कति निर्मम, कति निष्ठुर बाबा
रक्सीबाजहरूको जात!
ख्वै, गणतन्त्र कहाँ छ यहाँ ख्वै?
के यो नै हो समताबाद?
मानवताकै आत्माको यो
हो कि कसो ए अन्तिम म्याद!
ए आमाको प्यारो छोरो
डा. गोबिन्द प्रणम्य तिमी!
अन्तिम सासै मात्र छ बाँकि
तैपनि कति निश्चिन्त तिमी!
तर मेरो विश्वास यही छ
मर्दैनौ गोबिन्द तिमी!
बाँच्नेछौ नेपाल बचाई
वीर अनन्त अनन्त तिमी !