arrow

डा केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउन पूर्व राष्ट्रपति यादव अनसनस्थलमा 

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
rambaran-yadav.jpeg

काठमाडौं । प्राडा गोविन्द केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउन पूर्व राष्ट्रपति डा रामवरण यादव डा केसी अनसनमा बसेको स्थल शिक्षण अस्पताल महाराजगञ्ज जाने भएका छन् । 

डा यादव शुक्रबार दिउँसो ३ बजे डा केसीलाई भेट्न अनसनस्थल जान थालेको बताइएको छ । 

डा केसी अनसन बसेको २४ दिन भइसक्दा समेत सरकारले अहिलेसम्म अनसन तोडाउने कुनै पहलसमेत गरेको छैन । चिकित्सा शिक्षा विधेयकमा आमरण अनसनमा बसेकै बेलामा सरकारले भनै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरी राष्ट्रपतिलाई प्रमाणिकरणका लागि दिइसकेको छ । 

सरकारले डा केसीका ९५ प्रतिशत माग पूरा भइसकेको भनेको छ । तर पनि माग पूरा गर्यौं भनेर भेट्न जाने हिम्मत गर्न सकेको छैन । 

डा केसीको अनसनलाई ऐक्यवद्धता जनाउँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा काँग्रेस नेता गगन थापा बिहीबार अनसनस्थल पुगेका थिए । 

त्यसअघि पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र शुशीला कार्की पनि डा केसीलाई भेटेर अनसनमा ऐक्यवद्धता जनाउँदै सरकारालाई डा केसीको जीवनरक्षाका लागि माग गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ