arrow

काँडेतारले पुर्यायो जेलघर, एसएसपीसहित सशस्त्र प्रहरीका चार जना भ्रष्टाचारी ठहर

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
sasastra-prahari.jpeg

काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरी बल  एपिएफका एसएसपीसहित चार जनालाई भ्रष्टाचारी ठहर गरेको छ । बाँकेस्थित कार्यालयमा काँडेतार खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरी एसएसपी गोपाल मिश्र, इन्स्पेक्टर चित्रबहादुर केसी, हवल्दार नयनबहादुर ओली र ठेकेदार राजु रावललाई सजाय तोकेको हो ।

विशेषका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरू रत्नबहादुर बागचन्द र चण्डिराज ढकालको इजलासले एसएसपी मिश्र र इन्स्पेक्टर केसीलाई ६३ लाख १६ हजार बिगो र त्यति नै जरिवाना हुने फैसला गरेको छ । उनीहरूलाई एक–एक वर्ष कैद सजाय तोकिएको छ। 

ठेकेदार राजु रावललाई एक करोड २६ लाख बिगो र त्यति नै जरिवाना गर्ने निर्णय भएको छ ।

हवल्दार ओलीलाई ३१ लाख ५८ हजार बिगो र त्यति नै जरिवाना तोकिएको छ । उनीहरूमाथि ६ महिनाका दरले कैद सजाय हुनेछ । 

काँडेतार खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले २०७३ साल भदौ ६ गते एसएसपी मिश्रसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ