arrow

प्रधानमन्त्री ओलीको बिरोधमा नेविसंघले लम्कीमा निकाल्यो राँके जुलुस

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ माघ १७ बिहिबार
rake-julush.JPG

कैलाली ।  प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विरोधमा विहिबार नेपाल विद्यार्थी संघ लम्कीले लम्कीमा राँके जुलुस किकालेका छन । बर्तमान केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारलाई संस्थागत गदै गएको र हत्या, हिसां, बलात्कार जस्ता जघन्य अपराधिक कृयाकलापलाई संरक्षण गदै गएको आरोप लगाउदै प्रधानमन्त्रीको राजीनामाको माग गदै चर्को नाराबाजि समेत गरेका थिए ।

सरकार लोकतान्त्रीक पजातन्त्रका सामान्य मुल्यमान्यतालाई लत्याउदै अधिनायकबाद, सर्बसत्ताबाद, निरंकुश तर्फ उन्मुख हुदै गएको आरोप लगाउदै नेपाल विद्यार्थी संघका नेता तथा लम्की बहुमुखि क्याम्पसका स्ववीयु सभापति ललित जैशीले आफ्नो कार्यशैली तत्काल सुधारी जनताको पक्षमा काम गर्न सरकारलाई चेतावनी समेत दिएका थिए ।

राँके जुलुसपछि लम्की चौराहामा भएको कोण सभामा नेपाल विद्यार्थी संघका नेता ह्दियराज उपाध्यायले जनविरोधी काममा सक्रिय बर्तमान केपी शर्मा वली नेतृत्वको कम्युनिष्ट सरकारको आयु छोटीदै गएको बताए ।  जनतासंग एक कुरा गरेर व्यवहारमा अर्के काम गरी रहेको बर्तमान सरकारको चर्को आलोचना गदै देशमा अत्यचारले सिमा नाघेकाले नेपाल विद्यार्थी संघ सडकमा आउनु परेको बताए ।

विरोध कार्यक्रममा विद्यार्थी नेता टेकराज कठायतले बर्तमान सरकारले बहुमतको दम्भ देखाएकाले नेपाल विद्यार्थी संघले सडक्मा उत्रनु परेको बताए। नेपाल विद्यार्थी संघका नेता ललित देउवाले जनताको जन चाहाना विपरीत काम गरी रहेको बर्तमान सरकारको अधिनायकबाद धेरै दिन टिक्न नदिने चतावनी दिए।

 देशमा चिकित्सा क्षेत्रको सुधारको माग गदै अनसनरत गोविन्द केसिका माग संम्बोधन, निर्मला पन्तको हत्यारालाई कारबाहि र सरकारको सर्ब सत्ताबाद दुईतिहाईको दम्भ नतोडि सम्म नेपाल विद्यार्थी संघले चरणबद्ध आन्दोलन गरी रहने चेतावनी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ