arrow

मपको निर्णय : खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिने, अरु के के भए निर्णय ? 

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
gokul_baskota.JPG

काठमाडौं । सरकारले खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मर्ज गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 

त्यस्तै, वेपत्ता पारिएको तथा सत्य निरुपण तथा छानविन आयोग सम्बन्धी ऐनहरुको संशोधनको लागि संघीय संसदमा पठाउने सम्बन्धी निर्णय समेत गरिएको बाँस्कोटाले जानकारी दिए । यही माघ २६ गतेदेखि सकिन लागेको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद थपको विषयमा धेरै थरिका टीकाटिप्पणीहरु आई रहेका छन् ।

स्रोतका अनुसार यो विधेयकमा सरकारले १ वर्षसम्म म्याद थप गर्ने प्रस्ताव गरेको छ भने द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उल्लंघनका दोषीलाई पनि एउटा विशेष अदालत गठन गरेर सोही अदालतले मुद्दा छिन्ने प्रस्ताव गरिएको छ । 

त्यस्तै, मन्त्रिपरिषदले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका पनि तयार पारिएको सूचना तथा सञ्चार मन्त्री बाँस्कोटाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ