arrow

बैंकमा जम्मा गर्न पठाएको ८ लाख नाटकीय रुपमा साथीको कोठामा लुकाउने पक्राउ

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
money.jpg1.jpeg

काठमाडौं । बैंकमा जम्मा गर्न लगेको ८ लाख रुजैयाँ  नाटकीय रुपमा  साथीको कोठामा लुकाउने पक्राउ परेका छन् ।  बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो भनेर झुटो आपराधिक घटना तयार गरी लाखौँ रकम लुकाउने व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

काठमाडौँको गोङ्गबुमा रहेको रियल टाइगर टुर्स एण्ड ट्राभल्सबाट रु आठ लाख १५ हजार बैंकमा जम्मा गर्न पठाइएका स्याङ्जा गल्याङ नगरपालिका– ११ घर भई हाल काठमाडौँ धापासी बस्दै आएका तीलकराम अधिकारीलाई पक्राउ गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए।

ट्राभल्सबाट डेजिना बस्नेतले बैंकमा जम्मा गर्न बुधबार उक्त रकम पठाएकामा लाजिम्पाटबाट केही व्यक्तिले बन्दुक देखाई केही चिज सुँघाएर बेहोस पारी रकम लुटेर फरार रहेको भन्ने जानकारी आएपछि अनुसन्धान गर्दा अधिकारीले झुटो विवरण पेश गरी मिलेमतोमा रकम लिएको पत्ता लागेको सिंहले जानकारी दिए।

महाशाखाको टोलीले अधिकारीसँग गरेको अनुसन्धानका क्रममा उनले साथी अमृत डुम्रेको सामाखुसीस्थित कोठामा उक्त रकम लुकाएको अवस्थामा भेटिएको थियो । अधिकारी र डुम्रे मिलेर बेहोस बनाउने क्लोरोफर्म एकअर्कालाई सुँघाएर बनावटी आपराधिक घटना बनाई रकम लिने नियत देखिएको प्रहरीको भनाइ छ । सो घटनामा संलग्न अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको र डुम्रे फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ